प्लानेट भिटी अत्तरियाको आयोजना रहेको वृक्षारोपण कार्यक्रममा CCS+2 को सहभागिता

धनगढी: वातावरण संरक्षण प्रवर्धन गर्न र हरित अभ्यासको महत्व जगाउने उद्देश्यका साथ् गोदावरी नगरपालिकाको वाड नम्बर ४ स्थित वुढीतोला क्षेत्रमा बृहत वृक्षारोपणको आयोजना सम्पन्न भएको छ ।

प्लानेट भिटी अत्तरिया र प्लानेट ग्रीन नेपालको संयुक्त आयोजना रहेको उक्त वृक्षारोपण कार्यक्रममा CCS+2 धनगढी लगायत विभिन्न संस्थाहरुको सहभागीता रहेको थियो ।

Dengue

CCS+2 धनगढीका व्यवस्थापन संकाय प्रमुख भुवन भट्टका अनुसार उक्त क्षेत्रमा करिब १०० औं बिधार्थीको उपस्थितिमा बिभिन्न प्रजातिका करिव ३५०० फूलका बिरुवा रोपिएका छन ।

वातावरण संरक्षण पर्वर्धन गर्नमा अहिलेको पुस्ता र खासगरी युवा बिधार्थीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले बिधार्थिहरुको भूमिकालाई प्राथमिकता दिइएको प्लानेट भिटीका संस्थापक पुस्कर शर्मा जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार