धनगढी, २० साउन । बैतडीको कौसाडी वस्तीमा खानेपानीको समस्या झेल्दै छन् । जिल्लाको सिगास गाउँपालिका वडा नं ६ को कौसाडी वस्तीमा विगत लामोसमय देखि खानेपानीको समस्या झेल्दै आएका हन् ।
१२ परिवार बस्ने यो वस्तीमा खाने पानिको अभावले निकै समस्या भएको स्थानियहरु बताउछन् । आफुहरुलाई खानेपानीको साह्रै समस्या भएको भन्दै स्थानीय भीम नेपालीले दुखेसो पोखेका छन् । उनले आफुहरु आकाशे पानिको भरमा बस्नु पर्ने अवस्था रहेको बताए ।
करिब एक घण्टाको दुरीमा न्वालो कुवा भएपनि पर्याप्त पानी नभएकाले आफुहरुलाई धेरै समस्या हुने गरेको स्थानीयहरुको भनाई छ । आफुहरुका समस्या कसैले नसुनेका भन्दै त्यहाँका नागरिकहरु आक्रोसित भएका छन् । नेताहरुले चुनावका बेला ठुलठुला आश्वाशन दिने गरेका भए पनि अहिले कसैले पनि आफ्ना गुनासा कसैले नसुनेको उनिहरुको गुनासो छ ।
गाउँपालिका अध्यक्ष हरिश सिंह धामीले कौसाडी वस्तीमा खानेपानी पुर्यान पहल गरिने आशवासन दिएका छन् । पानीका मुहान रहेको भन्दै उनले सो वस्तीमा पानीको आपूर्तीका लागि आवश्यक सहयोग गरिने बताए । वडा नं ६ का वडा अध्यक्ष तेज बहादुर साउँदले पनि खानेपानीको समस्या समाधानका लागि पहल गरिने बताएका छन् । यो आर्थिक वर्ष भित्रै कौसाडी वस्तीमा खानेपानी पुग्ने जनप्रतिनिधिहरुको दावी छ ।
प्रतिक्रिया दनुहोस्