गेटामा आँखा पाक्ने रोगको उपचार गर्ने बिरामीको भीड (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । केही दिनयता गेटा आँखा अस्पतालमा आँखा पाक्ने रोगको उपचार गराउनेहरुको चाप बढेको छ ।

खासगरी बर्खायाम सुरु भएपछि गेटा आँखा अस्पतालमा आँखा पाक्ने रोगको उपचार गराउने बिरामीको चाप बढेको हो ।

Dengue

आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भन्ने गरिन्छ । यो रोग एकाएक फैलिएपछि अहिले गेटा आँखा अस्पतालमा सामान्यभन्दा तीन गुणा बढी बिरामी उपचारका लागि पुग्ने गरेका छन् ।

हाल अस्पतालमा आउने अधिकांश बिरामीहरु आँखा पाक्ने रोगको उपचारका लागि आउने गरेको अस्पतालका चिफ मेडिकल डिरेक्टर सुरेशराज पन्तले बताएका छन् ।

अहिले आँखा पाक्ने रोगको उपचारका लागि सुदूर तथा कर्णाली प्रदेशसँगै भारतबाट पनि बिरामीहरु गेटा आँखा अस्पताल पुग्ने गरेका छन् ।

हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने देशभरका धेरै ठाउँमा आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिएको छ । फोटो फिचर:

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार