बैतडीमा गड्यौलाको मल विक्रि शुरु

बैतडी: बैतडीमा गड्यौला मल विक्रि शुरु गरिएको छ । सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले उत्पादन गरेको मल विक्रि गर्न थालेको हो ।

गड्यौला मल उत्पादन केन्द्र स्थापना गरेर मल उत्पादन गरेको केन्द्रले मल विक्रि कार्य शुरु गरेको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टले बताए । सुख्खा फलफूल विकास केन्द्र सतबाँझको एरीयाभित्र गड्यौला मल उत्पादन स्थल निर्माण गरेर मल उत्पादन गर्ने गरिएको उनले बताए । गड्यौला मल उत्पादनका लागि धनगढीबाट गड्यौला ल्याएर उत्पादनस्थलमा राखिएको थियो ।

Dengue

मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । जिल्ला दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्रि गर्न थालिएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार