कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु

धनगढी: कैलालीको गोदावरी नगरपालिकाले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

गोदावरी नगरपालिकाले वडा नम्बर २ मा स्थित निर्माण गरिएको भवनबाट सेवा दिन सुरु गरेको हो । नयाँ भवनबाट सेवा सुरु गर्न अधिकांस शाखाका सामानहरु पुरानो भवनबाट नयाँ भवनमा सार्ने काम सकिएको नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले जानकारी गराएका छन् ।

Dengue

लेखा र जिन्सी शाखाका केही सामान नयाँ भवनमा ल्याउन बाँकी भएपनि अन्य शाखाका सामान नयाँ भवनमा ल्याइसकिएको छ । नयाँ भवनमा विद्युत लाईनमा केही समस्या देखिएकाले काम गर्न केही समस्या भएपनि मर्मतको काम जारी रहेको प्रशासकीय अधिकृत भाटले बताए ।

नगरपालिकाले साउन भित्रै नयाँ भवनबाट सेवा सूचारु गर्ने भनेर यसअघि नै असार २८ गते पुजाआजा गरेको थियो । एशियाली विकास बैंक (एडीवी) को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत भवनको निर्माण गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार