सतबाँझमा उत्पादन भएको स्याउ बजारमा

बैतडी: जिल्लाको सतबाँझमा उत्पादन भएको स्याउ धेरै बर्षपछि बजारमा आएको छ ।

सतबाँझमा रहेको सुख्खा फलफूल विकास केन्द्रको हाताभित्र धेरै बर्षपछि विक्रि गर्नका लागि स्याउ उत्पादन भएको हो । स्याउ फल्ने सतबाँझमा कम हिउँ पर्न थालेपछि स्याउ उत्पादन हुन छोडेको थियो । लामो समयपछि सतबाँझमा स्याउ फलेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए ।

Dengue

सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख डिल्लीराज भट्टका अनुसार पछिल्लो समयमा हावापानी सुहाउँदो जातको स्याउको बिरुवा रोपेपछि स्याउ फलेको हो । नर्सरीमा फलेको रोयल डेलिसियस र गोल्डेन डेलिसियस जातको स्याउ जिल्ला दररेट अनुसार प्रतिकेजी ८० रुपैंयाका दरले अढाई क्विन्टल बजारमा विक्रि गरिएको निमित्त प्रमुख भट्टले बताए ।

धेरै बर्षपछि सतबाँझमा उत्पादन भएको स्याउ बजारमा आएपछी स्थानीयहरु खुसी भएका छन् । स्थानीयस्तरमै उत्पादन भएको स्याउको स्वाद लामोसमयपछि चाख्न पाएपछि खुसी लागेको स्थानीय पुष्कर भट्टको भनाइ छ ।

सुख्खा फलफूल विकास केन्द्रको फार्मभित्र गाला फुजी जातको स्याउ पनि उत्पादन भएको छ । अब बारीमा एक क्विन्टलजति स्याउ टिप्न बाँकी रहेको प्राविधिक सहायक खड्काले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार