दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला

धनगढी: बर्षायाम शुरु भएसंगै स्क्रव टाइफसका बिरामी देखिन थालेका छन् । साउन महिनामा मात्रै दार्चुलामा १७ जना बिरामी फेला परेका छन् ।

दार्चुला जिल्ला अस्पतालमा उपचारका लागी पुगेका बिरामीहरुमध्ये १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले बताए । आइतबारसम्म १७ जनामा संक्रमण पुस्टी भएको भट्टले बताए । स्क्रव टाइफसको संक्रमण सबैभन्दा बढी महाकाली नगरपालिकामा देखिएको छ । सो नगरपालिकामा ९ जनामा स्क्रव टाइफस देखिएको छ । दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २÷२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।

Dengue

यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिकामा पनि १÷१ जना गरी १७ जनामा स्क्रव टाइफस देखिएको अस्पताल दार्चुलाका सुचना अधिकारी भट्टले बताए। भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार