धनगढीमा ‘डाक्टर’का नाममा लुट्नेहरु बढे !

भक्तराज जोशी

धनगढी । स्वास्थ्य आफैमा संवेशनशील कुरा हो । स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई छैन । नेपालको कानुनले पनि नागरिकको स्वास्थ्यमाथि गरिने जुनसुकै प्रकारको गल्ती वा खेलवाडलाई अपराधका रुपमा व्याख्या गरेको छ । तर, कानुनको धज्जी उडाउँदै धनगढीमा अवैध औषधी पसल खोल्नेहरु बढेका छन् ।

औषधीको व्यापारबाट उल्लेख्य आम्दानी हुने भएपछि पछिल्लो समय सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा अवैध औषधी पसल खोलिने क्रम बढेको हो ।

Dengue

गत सोमबार मात्रै प्रहरीले धनगढीबाट अवैध रुपमा मेडिकल सञ्चालन गर्ने दुई जना मेडिकल सञ्चालकलाई पक्राउ गरेको थियो । अवैध रुपमा क्लिनिक सञ्चालन गरेको अभियोगमा प्रहरीले धनगढी ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र धनगढी उपमहानगरपालिका–७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका सञ्चालक गौरीगंगा नगरपालिका–१० घर भएकी २१ वर्षीया कमला बोहरालाई पक्राउ गरेको हो ।

त्यस्तै, धनगढीबाटै अवैध क्लिनिक सञ्चालन गर्ने धनगढी ३ का एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षीय दिपक महरा र धनगढी उपमहानगरपालिका–२ का रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसरी धमाधम धनगढीबाटै गैर कानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने साहुहरु पक्राउ पर्नुले पैसाका नाममा धनगढीबासीको स्वास्थ्यमाथि भईरहेको खेलवाड छताछुल्ल भइरहेको छ । तर, मेडिकल सञ्चालक पक्राउ परे पनि प्रशासन वा सम्बन्धित निकायले देखाउनुपर्ने जति तदारुकता भने देखाएको छैन । यसतर्फ सम्बन्धित निकाय थप गम्भीर बन्न आवश्यक छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार