नेपालमा डेंगुका बिरामी चार हजार नाघे, सुदूरपश्चिममा ३१६

काठमाडौं: नेपालमा डेंगुका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए।

उनका अनुसार चार हजार २८९ जनामा डेंगुका बिरामी छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार ९३० जनामा डेंगु सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार ७५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा ३४४, सुदूरपश्चिम प्रदेशमा ३१६, लुम्बिनी प्रदेशमा १६६, मधेश प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेंगुका बिरामी रहेका छन्।

डेंगु सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार ६७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार ५४२, धादिङ ४०१, कास्की २०५, दार्चुला १९०, काठमाडौं ८०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन् ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्छ।

महाशाखाले डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार