दार्चुलामा आयोडिन नुनको खपत बढ्दै

दार्चुला: दार्चुलामा पछिल्लो समय आयोडिन नुनको खपत बढेको छ । केही वर्ष पहिलेसम्म यहाँको ग्रामीण तथा बजार क्षेत्रमा भारतीय बजारबाट आयात गरिने ढिके नुनको अत्यधिक प्रयोग हुने गरेकामा पछिल्लो समय आयोडिन नुनको बिक्रीवितरण बढेको छ । जनचेतना वृद्धि भएसँगै आयोडिन नुनको प्रयोग बढेको हो ।

खलङ्गा र गोकुलेश्वरमा आयोडिन नुनका १/१ डिपो छन् । व्यास, दुहु, अपिहिमाल र मालिकार्जुनमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको बिक्री केन्द्र स्थापना गरिएका छन् । बिक्री केन्द्र स्थापना भएसँगै जिल्लामा आयोडिन नुनको बिक्रीवितरण र प्रयोग दर बढ्दै गएको साल्टट्रेडिङ डिपो कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रेमसिंह कुँवरले बताए ।

Dengue

उहाँका अनुसार महाकाली नगरपालिका–४ खलङ्गामा रहेको बिक्री डिपोबाट आर्थिक वर्ष २०७९/८० मा दुई हजार आठ सय दुई क्विन्टल ५० किलोग्राम नुन बिक्री भएको । गत आर्थिक वर्षमा खलङ्गा डिपोसँग तीन हजार पाँच सय ४६ क्विन्टल ५० किलोग्राम नुन मौज्दात रहेकामा हाल सात सय ४४ क्विन्टल मात्रै मौज्दात रहेको प्रमुख कुँवरले जानकारी दिए ।

त्यस्तै, शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर डिपोमा आर्थिक वर्ष २०७९/८० मा तीन हजार सात सय ८० क्विन्टल मौज्दात रहेकामा २७ क्विन्टल बिक्री भएको छ । हाल गोदाममा एक हजार ८० क्विन्टल नुन मौज्दात रहेको डिपो प्रमुख लक्ष्मणसिंह धामीले बताए । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार