खप्तड शैलेश्वरी गोल्डकप दोस्रो संस्करण सुरु

धनगढी । डोटीमा खप्तड–शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिता, २०८० दोस्रो संस्करण शनिबारदेखि सिलगढीमा सुरु भएको छ । डोटी उद्योग वाणिज्य सङ्घको आयोजना र नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा जिल्लास्तरीय खप्तड शैलेश्वरी गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।

जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पु¥याउने र खेलाडीको मनोबल बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन कलेलले बताएका छन् । उद्घाटन खेल भैरवप्रसाद गण (ए) र पूर्वीचौकी गाउँपालिकाबीच भएको थियो । उक्त खेलमा भैरवप्रसाद गण पूर्वीचौकी गाउँपालिकासँग ८–१ गोल अन्तरले विजयी भएको गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।

Dengue

खेलको पहिलो हाममा दुई गोल गरेको गणले दोस्रो हाफमा थप ४ गोल गरेको थियो । पहिलो हाफमा गोल गर्न नसकेको पूर्वीचौकीले दोस्रो हाफमा एक गोल मात्रै गर्न सक्यो । भैरवप्रसाद गणका अनीश लामा खेलको ‘म्यान अफ द म्याच’ बनेका छन् ।

शनिबारदेखि सुरु भएको उक्त प्रतियोगिताअन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका आठ समूह सहभागी छन् । त्यस्तै, पोल ‘बि’अन्तर्गत सिवाइएस सिलगढी, ब्ल्याक स्टोन ब्वाइज, भैरवप्रसाद गण (बि) र सेती प्राविधिक शिक्षालयबीच खेल हुने आयोजकले जनाएको छ । नकआउट प्रणालीद्वारा खेलाइने प्रतियोगिता साउन १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार