सेयर बजार बिहीबार सामान्य अंकको गिरावट

काठमाडौँ: लगातार चार दिनको वृद्धिपछि बिहीबार नेप्से सूचकमा सामान्य अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक १.३१ विन्दुले घटेर २१६३.९२ विन्दुमा अडिएको छ ।

२ कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ट्रेडिङ समूहमा विशेष उत्साह देखिएको छ । मौद्रिक नीति आउने दिन नजिकिँदै गर्दा आम लगानीकर्तामा अलिकति कौतुहलता पनि बढेको देखिन्छ । नीति कस्तो आउँछ ? सेयर बजारलाई कसरी सम्बोधन गर्ला अनि लगानी बढाउन र ब्याजदर घटाउन कस्ता टुल्सहरू आउलान् भन्ने मुख्य चासो रहेको छ ।

Dengue

यस दिन २६४ कम्पनीको ८४ लाख २४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड २३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटल र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार