भुटानमा हुने ‘साफ यु-१६ च्याम्पियनसिप’ का लागि कैलालीमा खेलाडी छनोट सुरु

धनगढी । भुटानमा हुने साफ यु १६ च्याम्पियनसिप २०२३ फुटबल प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ ।

जिल्ला फुटबल सङ्घ कैलालीको आयोजना, घोडाघोडी नगर फुटबल विकास समिति र घोडाघोडी क्लबको समन्वयमा जिल्लाको घोडाघोडी नगरपालिका १ सुखडको खेल मैदानमा खेलाडी छनोट खेल सुरु भएको हो ।

Dengue

बुधकार एक कार्यक्रमकाबीच घोडाघोडी नगरपालिका नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले खेलाडी छनोट खेलको उद्घाटन गरेका थिए । छनोट खेलमा जिल्ला भरीका यु–१६ मुनिका खेलाडीहरूको उपस्थिति रहेको छ ।

विभिन्न टिम विभाजन गरेर उत्कृष्ट खेल्ने खेलाडीलाई च्याम्पियनसिपका लागि छनोट गरिने जिल्ला फुटबल संघ कैलालीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार