धनगढी। कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक बालकको मृत्यु भएको छ।
कैलालीको पुर्बी क्षेत्रमा निर्माणाधिन रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर लम्कीचुहा(६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको मंगलबार दिउँसो साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्