छोटी भन्सार कार्यालय जीवजन्तुको आश्रयस्थल बन्दै

कञ्चनपुर । बन्द रहेको कञ्चनपुरको बेलौरीस्थित छोटी भन्सार कार्यालयको उचित रेखदेख पुग्नसक्दा झाडीमा परिणत भई जीवजन्तुको वासस्थान र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको छ ।

कञ्चनपुर जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारको यो छोटी भन्सार कार्यालयको सञ्चालनको काम बन्द गरिएसँगै उचित रेखदेखको अभावमा जीवजन्तु र दुर्व्यसनीको आश्रयस्थल बन्न थालेको स्थानीयवासी केशवराज जोशीले बताउनुभयो । सो कार्यालयले गर्ने काम झण्डै २६ किलोमिटरको दूरीमा रहेको कैलाली भन्सार कार्यालयबाट हुँदै आएको छ ।

Dengue

कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले सीमापारि भारतीय क्षेत्रमा भन्सार कार्यालय नहुँदा नेपालतर्फको भागमा भन्सार कार्यालय सञ्चालन गर्नुको अर्थ नहुने हुँदा बेलौरीस्थित छोटी भन्सार कार्यालय सञ्चालन बन्द गरिएको बताएका छन् । बेलौरीको पारिको भारतीय नाकाबाट भारत सरकारले व्यापारिक गतिविधि गर्न बन्देज गरेको छ, सीमापारि भन्सार कार्यालय सञ्चालन भएको भए यता बेलौरीमा भन्सार कार्यालय सञ्चालन गर्न सकिन्थ्यो, उहाँले भन्नुभयो, भन्सारको काम नहुने भएपछि बेलौरीमा रहेको कार्यालय भवन प्रयोगविहीन छ ।

प्रशासनिक र दूरीको दृष्टिले सो कार्यालयलाई विसं २०७५ देखि कैलाली भन्सारको मातहत ल्याइएको थियो । आफ्नै ठाउँको भन्सार कार्यालय बन्द भएपछि बेलौरी र आसपासका व्यापारीले कैलाली भन्सार कार्यालय वा गड्डाचौकी नाकाबाट मालसामानको आयात निर्यात गर्न बाध्य भइरहेका छन् ।

कार्यालयको रेखदेख गर्दै आएका एक कर्मचारीको अवकास भएपछि सो कार्यालयमा हाल ताला लगाइएको छ । कार्यालय नहुँदा सो क्षेत्रमा अवैधरूपमा व्यापार हुन थालेको स्थानीयवासीको भनाइ छ । कार्यालय नजिकै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा कार्यालय सञ्चालनमा छ । यता कैलालीका सीमावर्ती क्षेत्रमा सञ्चालनमा रहेका छोटी भन्सार कार्यालय तत्कालीन समयमा सशस्त्र द्वन्द्व चर्केसँगै बन्द अवस्थामा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार