अत्यधिक मःमः खाएपछि भारतको बिहारमा एक जनाको मृत्यु

भारतको बिहारमा अत्यधिक मःमः खाएपछि एक जनाको मृत्यु भएको बताइएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार गत बिहीबार बिहारको गोपालगञ्ज जिल्लामा २५ वर्षे विपिन कुमार मःमः खाँदाखाँदै बेहोस भएका थिए ।

Dengue

उनी र उनका साथीहरूले कसले धेरै मःमः खाने भन्दै बाजी लगाएका थिए । त्यसपछि उनीहरू सबैले धेरै मःमः खाएको तर विपिन भने बेहोस भएको बताइएको छ ।

हालसम्म पोस्टमार्टम रिपोर्ट आइनसकेकाले उनको मृत्युको कारणबारे खुल्न नसकेको बढागिरास्थित गोपालगञ्ज प्रहरी कार्यालयले जनाएको छ ।

बिपिनका आमा र बुबाले भने आफ्ना छोरालाई मःमःमा विष लगाएर हत्या गरेको आरोप लगाएका छन् । यद्यपि उनीहरूले प्रहरीमा कुनै उजरी दिएका छैनन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार