डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ घाइते

धनगढी । डोटीमा जिल्ला समन्वय समितिको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बुधबार साँझ आर्दश गाउँपालिका-२ का मौवामा बा १ ज ९४३९ नम्बरको गाडी दुर्घटना हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीया हिरा खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

गाडीमा सवार आर्दश-५ बस्ने ३५ वर्षीय रवीन्द्र सुनार, वडानम्बर २ बस्ने ३० वर्षीय टेकबहादुर तिरूवा र चालक वीरबहादुर खड्का घाइते छन् ।

उनीहरू जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गाडी सडकबाट करिब ५ मिटर तल खसेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार