कञ्चनपुरमा नहरमा बेपत्ता वृद्ध मृत फेला

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरमपुरका ६५ वर्षीय कालुराम ओड महाकाली सिँचाइको नहरमा मृत फेला परेका छन् ।

बिहीबार दिउँसो नहरमा हामफालेर बेपत्ता भएका वृद्ध ओड मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पुष्टी गरेका छन् ।

Seti Hospital

प्रहरीका अनुसार ओड वेदकोट–६ घुर्सुवामा नहरमा मृत फेला परेका हुन् । “नहरमा हामफालेर बेपत्ता भएपछि उनको खोजी गर्ने क्रममा शव भेटिएको हो”, उनले भने, “खोजी गर्दै जाँदा २५ मिटर पर मृत अवस्थामा भेटिएका हुन् ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार