एसईईको नतिजा ३ बजे प्रकाशन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज दिउँसो ३ बजे प्रकाशन गर्ने तयारी गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ । बैठकले बिहीबार दिउँसो ३ बजेसम्म नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

बोर्डको कार्यालयमा एसईईको नतिजा सार्वजनिक गर्ने विषयमा बैठक बसिरहेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक समापन पश्चात् पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन गर्ने तयारी रहेको छ ।

Dengue

परीक्षा नियन्त्रक श्रेष्ठले भन्नुभयो, ‘‘एसईईको सन्दर्भमा अहिले बोर्ड बैठक जारी छ । बैठक समापन पश्चात् ३ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्ने तयारी छ ।’’

गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार