दोहोरो नागरिकता बनाएको अभियोगमा श्रीमान् श्रीमती पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको अभियोगमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्वर गाउँपालिका ५ की ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

उनीहरूलाई सोमबार पक्राउ गरी जिल्ला अदालत कञ्चनपुबाट म्याद थप भइ अनुसन्धान अगाडि बढेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार गम्भीर र कलावती श्रीमान् श्रीमती हुन्। कलावतीको दोस्रो विवाह गरी कञ्चनपुर आएकी थिइन्। उनले पहिलो श्रीमानपटिबाट बनाएको नागरिकता नत्यागी दोस्रो श्रीमानपटिबाट नागरिकता बनाएको डिएसपी डाँगीले जानकारी दिए।

०६३ मा जिल्ला प्रशासन कार्यालय बैतडीबाट किस्मतिदेवी चन्दको नामबाट नागरिकता लिएकी र दोस्रो विवाह गरेपछि ०६७ मा जिल्ला प्रशासन कार्यालयबाट कलावतीको नाउँबाट नागरिकता लिएको भेटिएको डिएसपी डाँगीले बताए। पक्राउ परेका दुबैजनामाथि अनुसन्धान भइरहेको डिएसपी प्रकाश डाँगीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार