काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ । घटेको भाडादर भोलिदेखि लागू हुनेछ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको हो ।
आजैबाट लागू हुने गरी आन्तरिकतर्फ १४ रूपैयाँले हवाई इन्धनको मूल्य घटेको थियो । न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ७५० रूपैयाँसम्मले हवाई भाडा घटेको क्यानले जनाएको छ ।
विराटनगर नेपालगञ्जजको भाडा ७५० रुपैयाँले घटेको हो । योसँगै यसतर्फको रुटमा ७ हजार ३ सय ५ रुपैयाँ भाडादर कायम भएको छ । काठमाडौ(धनगढी ६१५ रूपैयाँले घटेको छ । पोखरा(भद्रपुरको भाडा ५७० रूपैयाँले घटेको छ । विराटनगर(भैरहवा ५५० रूपैयाँ घटेको छ ।
प्रतिक्रिया दिनुहोस्