अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल श्रीलङ्का प्रस्थान गरेका छन् । श्रीलङ्कन कम्युनिष्ट पार्टी स्थापनाको ८० औँ वर्ष पूरा भएका सन्दर्भमा त्यहाँ आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल त्यहाँ आयोजित दक्षिण एशियाली कम्युनिष्ट पार्टी तथा वामपन्थी पार्टीहरुको बैठकमा सहभागी हुने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । उनको अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको पार्टीका उपमहासचिव तथा कार्यालय सचिव डा.गङ्गालाल तुलाधरले जानकारी दिए । रासस

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार