धरानका मेयर हर्क साम्पाङ सम्मानित

धरान । धरान उप-महानगरपालिकाका मेयर हर्क साम्पाङलाई वर्ल्ड बुक अफ रेकर्ड्सले समेत कदर गरेको छ ।

मेयर साम्पाङले यही श्रम संस्कृतिको प्रवर्द्धन गर्दै ९८ दिनमा करिब ४२ किलोमिटर पाइप तानेर कोकाहा खोलाको पानी धरानसम्म ल्याउन सफल भएकोमा ‘वर्ल्ड बुक अफ रेकर्ड्स–लन्डन’ले कदर गर्दै सम्मान गरेको हो ।

शुक्रबार धरान उप(महानगरपालिकाको सभाकक्षमा आयोजित समारोहमा उक्त कदर पत्र हस्तान्तरण गरिएको थियो । कदरपत्र पाएपछि प्रफुल्लित हुँदै मेयर हर्क साम्पाङले आफूले सम्मानका लागि नभएर कामको लागि काम गरेको तर यसरी मूल्याङ्कन हुँदा अझै काम गर्ने जोस थपिने बताउँदै आफ्नो कार्यकालमा पानीको समस्या सुल्झाउन लागिपर्ने र १ करोड बिरुवा रोप्ने समेत बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार