काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह विश्वका मुख्य सहरका मेयरहरूको साझा संगठन ‘वर्ल्ड एसोसिएसन अफ मेजर मेट्रोपोलिज’को सञ्चालक समिति सदस्यमा चुनिएका छन् ।
विश्वभरका राजनीतिक नेताहरू, नीति निर्माताहरू र व्यवसायीहरूबीचको एकता मार्फत् महानगरीय हितहरूको वकालत गर्नका लागि गठन भएको उक्त संगठनमा बालेनको कार्यकाल दुई वर्षको हुनेछ ।
उक्त संगठनको सन् १९८५ मा गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस्