कैलालीको मोहन्यालका जनप्रतिनिधिमाथि कुटपिट

कैलालीः कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिमाथि कुटपिट गरिएको छ।

गाउँपालिकाको कार्यालय सार्ने विषयमा १२औँ गाउँसभामा विवाद हुँदा स्थानीयले जनप्रतिनिधिमाथि कुटपिट गरेका हुन्। गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले कार्यालय सार्ने निर्णय सभाबाट बहुमतले पारित हुँदै गर्दा स्थानीयसहित केही अराजक तत्त्वले आक्रमण गरेको बताए।

Galaxy

उनले स्थानीयको आक्रमणबाट आफ्नो हातमा चोट लागेको र उपाध्यक्ष कमल साउदसहित वडा नम्बर ७ का अध्यक्ष नवराज कठायतलगायत घाइते भएको बताए। राति भागाभागको स्थिति आएकाले कसलाई कति चोट लागेको छ भन्ने यकिन भइनसकेको अध्यक्ष उपाध्यायले बताए।

हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ स्थित भकुण्डे सार्ने तयारी रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार