जेल पुगेका खाँणबारे काँग्रेस अझै अनिर्णित, देउवा सिंगापुरबाट फर्किएपछि मात्रै निर्णय हुने

धनगढी । नक्कली शरणार्थी प्रकरणमा जेल चलान भएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबारे नेपाली काँग्रेस अनिर्णित बनेको छ । यसअघि पक्राउ परेलगत्तै खाँणलाई पार्टीबाट निलम्बित गर्नुपर्ने चर्को अवाज उठे पनि निष्कर्षबिहीन बनेको काँग्रेस अहिले पनि खाँणबारे निष्कर्षबिहीन नै बनेको हो ।

बैशाख २७ गते नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम उठाउने गिरोहमा संलग्न रहेको भन्दै पक्राउ परेका खाँणलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार जेल चलान गरेको हो । तर जेल चलान गर्ने अदालतको आदेशपछि पनि काँग्रस खाँणबारे अझै पनि मौन छ ।

Dengue

पार्टी सभापति शेर बहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि निष्कर्षमा पुग्न नसकेको काँग्रेसले अब देउवा स्वदेश फर्किएपछि मात्रै खाँणबारे निर्णय गर्नेछ ।

देउवा सिंगापुर गएसँगै देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । तर, सभापति नभएको अवस्थामा कार्यवाहक सभापति खड्काले रिस्क लिन नचाहेपछि असार ७ गते देउवा फर्किएपछि खाँणबारे निर्णय गरिने भएको छ ।

खाँण थुनामा पुगेपछि समेत पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने विषयमा कांग्रेसको कुनै धारणा आएको छैन ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता टोपबहादुर रायमाझीलाई भने एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार