बैतडीमा सवारी दुर्घटनामा परी वडाअध्यक्ष र सचिव घाइते

बैतडी: बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ । जिल्लाको दशरथचन्द राजमार्गमा मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको जिपले ठक्कर दिँदा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी पाटन नगरपालिका–८ का वडा अध्यक्ष हरिश बिष्ट र वडा नं ९ का वडा सचिव रामदत्त जोशी घाइते भएका छन् ।

Dengue

सोमवार ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ आउने क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट गइरहेको सुपप्र ०१ ००१ च २६६९ नम्बरको जिपले दशरथचन्द राजमार्गमा ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन् ।

वडा अध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको छ । घाइते दुबैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार