काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बस्ने राष्ट्रियसभा बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यसूची छ ।
साथै बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमाथि सदस्यहरूले आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिसभा बैठकमा पनि बजेटमाथिको छलफल जारी रहनेछ। बैठक बिहान ११ बजे सुरु हुने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया दिनुहोस्