प्रचण्ड गर्मीका कारण तराईको जनजीवन कष्टकर

केही दिन यता गर्मी एक्कासी बढेपछि जनजीवन अस्तव्यस्त हुन थालेको छ । चर्को गर्मीसँगै ‘लु’लगायत अन्य संक्रमण हुन सक्ने भएकाले सर्वसाधारण स्वयं सचेत हुनुपर्ने भएको छ । तराईका कतिपय जिल्लामा तापक्रम ४० डिग्रीभन्दा बढी भएकाले जनजीवन असहज बन्दै गएको छ । यस्तो बेलामा सर्वसाधारण स्वयं सचेत हुने हो भने केही हदसम्म भए पनि संक्रमण हुनबाट जोगिन सकिन्छ ।

शीतलताको सहर मानिने काठमाडौंमा पछिल्लो तीन दिन यता गर्मी व्यापक बढेको छ । काठमाडौंको तापक्रम ३० डिग्री पुगेको छ भने मोफसलका सहर विराटनगर, वीरगन्ज, नारायणघाट, बुटवल नेपालगन्जलगायतमा ४० डिग्री हाराहारी रहेको छ । एक सातादेखि पानी नपरेकाले तापक्रम दिनदिनै बढ्दो छ ।

Dengue

अझै केही दिन गर्मी जारी रहने भन्दै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले ‘लु’ लाग्न सक्ने भन्दै सावधान रहन अनुरोध समेत गरेको छ । गर्मी बढ्दै जाँदा भीडभाड हुने स्थानमा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । गर्मी होस् या ठन्डी वृद्ध, बालबालिका र बिरामीलाई बढी समस्या पर्ने भएकाले तिनको स्वास्थ्यलाई ध्यान दिँदै विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

कतिपय स्थानीय तहले केही दिन विद्यालय बन्द गरे पनि केही ठाउँमा अझै सञ्चालन भइरहेको छ । गर्मीको स्थिति हेरेर केही दिन विद्यालय बन्द गरियो भने बालबालिकालाई जोगाउन सकिन्छ । यस्ता विषयमा विद्यालय प्रशासन र अभिभावक समेत सचेत हुन जरुरी छ ।

गर्मी बढ्दैमा घरबाट बाहिर ननिस्कौं भन्न मिल्दैन । हरेकको आ–आफ्नै बाध्यता हुन्छ । हो हुने खानेहरूलाई त केही दिन बाहिर ननिस्कँदा पनि केही फरक नपर्ला तर, कतिपय व्यक्ति यस्ता पनि छन् बाहिन ननिस्की बिहान बेलुकाको चुल्हो बल्दैन ।

यस्तो अवस्थामा सकेसम्म घरबाट ननिस्कँदा राम्रो । निस्कनै पर्दा पनि गर्मी छलेर र छिनछिनमा आराम गर्दै काम गर्नुपर्ने हुन्छ । पार्नी प्रशस्त पिउनुका साथै रसिलो खाने कुरा खानुपर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार