भारत भ्रमण अत्यन्तै फलदायी रह्यो : प्रधानमन्त्री प्रचण्ड

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् ।

भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले शनिबार ट्वीटरमार्फत भ्रमण फलदायी भएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भनेका छन्: ‘नयाँ दिल्लीमा दुई देशबीच औपचारिक भेटवार्ता र महत्वपूर्ण सहमतिपछि हिजो र आजको मध्य प्रदेश भ्रमण अत्यन्तै फलदायी रह्यो ।’

Dengue

उनले भारतको स्वच्छ शहरको पहिचान बनाएको इन्दोरस्थित फोहोर व्यवस्थापन केन्द्र र टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरिएको सो क्षेत्रको भ्रमण नेपालका लागि समेत उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्रीले शुक्रबार मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गरेका थिए ।

उज्जैनमा उनले महाकालेश्वर मन्दिरको अवलोकन र पुजापाठ गरेका थिए । ट्वीटरमा उनले लेखेका छन् स् ‘भारतको प्रशिद्ध प्राचिन शहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरको अवलोकन गर्ने अवसर मिलेको छ । म न्यानो स्वागत र आत्मीय आतिथ्यताका लागि मध्यप्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री शिवराज शिंह चौहानजीप्रति आभार प्रकट गर्दछु ।’

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली आज साँझ ६ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार