सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार एकैदिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढ्दा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ । यसअघि गत २१ वैशाखमा छापावाल सुन एक लाख ११ हजार ८ सय रुपैयाँ प्रतितोलामा खरिद बिक्री भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १ हजार ३९५ रुपैयाँ पुगेको छ ।

Dengue

सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि मंगलबारदेखि सुनमा प्रति १० ग्राम ३ हजार ९ सय र चाँदीमा १७ रुपैयाँ थप मूल्य लागेको थियो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य प्रति औंस ३.०८ डलरले वृद्धि हुँदा सुनको भाउले नयाँ रेकर्ड बनाएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार