बझाङ्गमा यार्सा सङ्कलनका क्रममा युवाहरुबिच झडप

बझाङ। बझाङ्गमा यार्सा सङ्कलनका क्रममा युवाहरुबिच झडप भएको छ। बझाङ्गको साइपाल गाउँपालिका वडा नम्बर २ माझा वनमा यार्सा सङ्कलक बिचमा झडप भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङ्गका अनुसार यार्सा सङ्कलन गर्न गएका साइपाल गाउँपालिका वडा नम्बर २ र तल्कोट गाउँपालिका लोकण्डका युवाहरुबिच ग्याँङ फाइट भएको हो। झडपमा लोकण्डका पवन रोकाया र साइपालका देवजंग बोहरा घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको छ। दुइ जना प्रहरीको नियन्त्रणमा छन्। झडप के कारणले भएको हो सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको बताएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार