होटलमा बेहोस भएका चन्दको मृत्यु

धनगढीः होटलमा बेहोस भएका बैतडीका एक जनाको मृत्यु भएको छ।

जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ७ को एक होटेलमा शनिवार बेहोस भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर २ का ५७ वर्षीय रनि चन्दको मृत्यु भएको हो।

Seti Hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भारतबाट आएका चन्द जेठ ११ गतेदेखि रिसब होटेलमा बस्दै आएका थिए। शनिवार बिहान होटेलका कर्मचारीले खाना खानका लागि बोलाउन जाँदा उनलाई बेहोस अवस्थामा फेला परेका थिए।

उनको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार