धनगढीको स्वस्तिक कार्डियोमा एक दिने निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर हुने

धनगढी: धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालीटी हस्पिटल प्रा।लि।मा निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । शुभ श्री आइभीएफ क्लिनिक काठमाडौँको सहकार्यमा विशेष छुटका साथ निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविर धनगढीको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलमा यही जेठ २७ गते सञ्चालन हुन लागेको हो ।

स्वास्थ्य समस्याकै कारण सन्तान सुख प्राप्त गर्न नसकेका दम्पतीहरूको समस्यालाई मध्यनजर गर्दै विभिन्न छुट तथा निःशुल्क सेवा सहित एक दिने निःसन्तानपन स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले जानकारी दिनुभयो ।

Dengue

जोशीका अनुसार वीर्य परीक्षण र विशेषज्ञहरू द्वारा परामर्श सेवा निःशुल्क प्रदान गरिने छ । भने टिभिएस परीक्षणमा ५० प्रतिशत तथा ल्याब परीक्षण, अल्ट्रासाउन्ड, अन्य स्त्रीरोग सम्बन्धी समस्या र अपरेसन लगायतका सेवामा पनि ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यस्तै, यही जेठ २७ गते शनिवार आयोजना हुने उक्त निःसन्तानपन सम्बन्धी स्वास्थ्य शिविरमा प्रसूति, स्त्री रोग तथा प्रजनन विशेषज्ञ डा। सलमा बनु र स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. निता तिमल्सीनाले चेकजाँच तथा परामर्श सेवा प्रदान गर्नु हुने छ ।
यसका साथै, समयमै आफ्नो नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहुन आम सर्वसाधारणमा अनुरोध गर्नु हुँदै अध्यक्ष जोशीले विस्तृत जानकारीको लागी फोन नम्बर ०९१-५२०२११ र ०९१-५२०५१२ अथवा मोबाइल नं. ९८६०८१७३८४ मा फोन गर्न समेत आग्रह गर्नुभएको छ ।

यसका साथै, अस्पतालले सुदूर बासीको स्वास्थ्यलाई मध्यनजर गर्दै विशेष छुट सहित सस्तो मूल्यमा परिवार स्वास्थ्य प्याकेज र स्वस्तिक होल बडी चेकअपको पनि व्यवस्था गरेको अस्पताल व्यवस्थापन टिमले जनाएको छ ।

निःसन्तानपन के हो, कस्तो अवस्थामा हुन सक्छ ?

साधरणतया विवाहको एक वर्ष सम्म पनि परिवार नियोजनका साधन विना श्रीमान् र श्रीमती बिच नियमित शारीरिक सम्बन्ध स्थापित हुँदा समेत सन्तान नभएमा निःसन्तान सम्बन्धी समस्या रहेको भन्ने बुझिन्छ । विभिन्न अध्ययनहरूको विश्लेषण गर्दा विश्वव्यापी रूपमा करिब ८ देखि १२ प्रतिशत दम्पतीमा निःसन्तान सम्बन्धी समस्या देखा पर्ने गरेको पाइन्छ भने नेपालको सन्दर्भमा करिब ९नौ० देखि १४ ९पन्ध्र० प्रतिशत दम्पतीहरूले कुनै न कुनै रूपमा निःसन्तान सम्बन्धी समस्या भोगिरहेका छन् ।

सामान्यतया निःसन्तान सम्बन्धी समस्यामा प्राय महिलालाई मात्र दोषी देखाउने प्रचलन रहेको पाइन्छ । अझ नेपाल जस्तो पुरुष प्रधान समाजमा निःसन्तान सम्बन्धी समस्या भोगिरहेका महिलाहरूलाई लाग्ने आक्षेप तथा उनीहरूले भोगिरहेका पिडा कोत कल्पना समेत गर्न सकिँदैन । जसरी सन्तान प्राप्तिमा पुरुष र महिलाको बराबर योगदान हुन्छ त्यसरी नै निःसन्तान सम्बन्धी समस्यामा पनि महिलाको मात्र नभई पुरुषको पनि कमजोरी हुन सक्ने तथ्यलाई कमैले मात्र आत्मसाथ गरेको पाइन्छ । विभिन्न अध्ययनहरूका अनुसार यो समस्याबाट गुन्जिरहेका जोडीहरू मध्ये करिब एक तिहाइमा पुरुषको, करिब एक तिहाइमा महिलाको र बाँकीमा महिला तथा पुरुष दुवैको समस्या देखिने गरेको पाइन्छ ।

पुरुष तथा महिलामा आ-आफ्नै प्रकारका निःसन्तान सम्बन्धी समस्याहरू हुन्छन् । प्रायजसो पुरुषहरूमा यो समस्याका विभिन्न कारणहरूमध्ये शुक्र किटको कमी हो । त्यसै गरी शुक्र किटको गति र असामान्य शुक्र किटलाई पनि मुख्य समस्याको रूपमा लिन सकिन्छ भने महिलाको हकमा पाठेघर सम्बन्धी समस्या, अण्ड वाहिनी नली बन्द हुने समस्या, डिम्ब निष्कासनमा गडबडी आदी मुख्य समस्याहरू रहेका हुन्छन् ।

हरेक समस्याको समाधान हुन्छ भने निःसन्तान सम्बन्धी समस्याबाट टाढा नभागी उपचार विधि अवलम्बन गरेमा सन्तान सुख प्राप्त गर्न सकिन्छ तर आफ्नो समस्या लुकाउने, सन्तान भएन भनेर दोस्रो विवाह गर्ने, धामी झाँक्रीको विश्वास गर्ने, समयमा आवश्यक उपचार अवलम्बन नगर्ने जस्ता कार्य गरेमा यो समस्याबाट कदापि मुक्त हुन सकिँदैन अन्त्यमा निःसन्तान सम्बन्धी समस्याको उपचार सम्भव छ र यसकोलागि आत्म विश्वास धैर्य र नियमित उपचार विधि अवलम्बन गरेमा यो समस्याबाट सहजै मुक्त हुन सकिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार