धनगढीः धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशी रहेका छन्।
वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शंकालागि चेकजाँच गर्दा दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्