अछामः अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ सेलगाँउका २५ वर्षीय सर्जने साउँदको करेन्ट लागेर मृत्यु भएको हो।
उनको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। हात्तीकोटदेखि सेलगाउँतर्फ बिजुलीको लाइन बिस्तार गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया दिनुहोस्