नेपाली नागरिकलाई राज्य संयन्त्रकै मिलमतोमा भुटानी शरणार्थी बनाएर विदेश लैजाने भन्दै भएको संगठित ठगी मुद्दाको अनुसन्धान प्रहरीले भोली टुंग्याउने भएको छ ।
बयान नै नसकिएपछि अनुसन्धान लम्बिएको हो । १६ जना पक्राउ परेकोमा दुई जनाको बयान हुन सकेको छैन । बिहीबार पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र गृह मन्त्रालय अन्तर्गतको हज समितिका अध्यक्ष शमशेर मियाँको शुक्रबार बयान भएन ।
शनिबार बयान सकेर प्रहरीले आइतबार मात्र अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकारी वकिलले शुक्रबारभित्रै बुझाउन भनेको थियो । संगठित अपराधको ६० दिने हदम्याद अनुसार १० जेठभित्र अभियोगपत्र अदालतमा दर्ता गरिसक्नुपर्ने हुन्छ
प्रतिक्रिया दिनुहोस्