धनगढी: धनगढीमा साढे चार लाख मुल्य बराबरका विभिन्न भन्सार छलीका सामग्री छोडेर अटो चालक फरार भएका छन् । धनगढी उपमहानगरपालिका–२ बसपार्क पछाडीबाट प्रहरीले भन्सार छलीका अवैध सामान बरामद गरेको छ ।
नामथर खुल्न नआएको चालकले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४०८५ नम्बरको अटोमा भन्सार छलिको सामान ल्याउदै गरेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हवल्दार रामसिंह धामीको कमाण्डमा खटिएको गस्ती टोलीलाई देखेपछि अटो नै छोडेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
उक्त अटो र अटोमा रहेका सामान बरामद गरिएको छ । करिब चार लाख ४४ हजार मुल्य बराबरका सामग्री प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रहरीले अटोसहित एक सय २५ थान सादा साडी, एक सय २० थान सेतो धोती, १० थान टावेल, १५ थान सादा धोती, ४१ थान राम्रोमा साडी, ६ सय थान श्रीराम लेखेको खादा र ९८ थान ब्लाउज थान कपडा मरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्