नेप्सेमा सुधार, ६३ कम्पनीको मूल्य घट्दा १३६ को बढ्यो 

काठमाडौँ: सेयर बजारमा मंगलबार सुधार देखिएको छ । सेयर बजारको परिसूचक नेप्सेसँगै अधिकांश उपसमूहका सूचक सामान्य उक्लिएका छन् । नेप्से ३.२९ अंक बढेर १८२१ अंकमा कायम भएको छ । त्यस्तै दिनभर कुल ६४ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भयो । १३६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने १७ को स्थिर रहृयो ।

विकास बैंक १, फाइनान्स ४, होटल तथा पर्यटन २२, जलविद्युत् १४, जीवन बीमा १३, उत्पादन ५, माइक्रोफाइनान्स २६, निर्जीवन बीमा ८२ र व्यापार उपसमूह ३ अंक बढे । बैंकिङ १ र अन्य उपसमूह भने ११ अंक घटे । आत्मनिर्भर लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

Dengue

मायाखोला, हिमालय ऊर्जा विकासको मूल्य ५–५ प्रतिशत बढ्यो । माइखोला हाइड्रोको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, नबिल बैंक, नेपाल इन्स्योरेन्स र हिमालयन बैंक क्रमशः अगाडि रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार