डडेल्धुराको उग्रतारा मन्दिरमा चोरी

डडेल्धुरा । सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको जनाइएको छ ।

उनले चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको बताए । डिएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताए । मन्दिरमा सिसी क्यामेरा पनि जडान गरिएको छ । सिसी क्यामेरा पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ ।

Dengue

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । अमरगढी–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार