कैलाली उद्योग वाणिज्य संघका खास ३ मागः किस्तामा सहजता, घरभाडामा छुट र लिलामी रोक

कैलाली । कैलाली उद्योग वाणिज्य संघले व्यवसाय चलायमान राख्नका लागि सम्बन्धित निकायसँग ३ बुँदे माग राखेको छ । खस्किदो अर्थतन्त्र र शून्य व्यापारकाबीच व्यवसाय धान्नका लागि संघले व्यवसाय सम्बद्ध निकायसँग विभिन्न माग राखेको हो ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै संघले मुलुकको अर्थतन्त्र चलायमान गर्ने व्यापार–व्यवसाय नै हाल संकटमा रहेकोले सहयोगका लागि अपिल समेत गरेको छ । संघको उक्त मागप्रति विभिन्न ३५ वस्तुगत संघहरुले समर्थन जनाएका छन् ।

Dengue

‘अहिले देशको आर्थिक अवस्था शिथिल बनेको छ । बजारमा मन्दीको प्रभाव पर्न थालिसकेको छ । व्यापार शून्य छ । बैंकको ब्याजदर उच्च छ’, कैलाली उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘यही कारण व्यवसायीहरु विस्थापित हुने क्रम बढ्दो छ । व्यवसायी नै रहेनन् भने मुलुकको अर्थतन्त्र पनि रहँदैन । हामी झन् ठूलो संकटमा जान्छौँ । त्यसैले यो परिस्थितिमा सबैले हातेमालो गर्नुपर्छ ।’

त्यस्तै संघले विज्ञप्तीमार्फत बैंक तथा वित्तीय संस्थाको सावाँ–ब्याजको किस्ता सहज रुपमा भुक्तानी गर्ने वातावरण सृजना गर्न तथा समय थप गरी व्यवसायीहरुलाई सहज गरिदिन बैंक तथा वित्तीय संस्थाहरुसँग आग्रह गरेको छ ।

अहिलेको जटिल व्यवसायिक परिस्थितिले गर्दा हुन आउने कुनै पनि व्यवसायीको धितो लिलामीलाई कुनै पनि उद्योगी–व्यवसायी तथा सरोकारवाला आम नागरिकसमाज लगायत यस असहज परिस्थितिमा कुनै पनि किसिमका लिलामीहरु नसकारीदिनसमेत संघले आग्रह गरेको छ ।

योसँगै संघले घर वहालका सम्बन्धमा संघ र स्थानीय निकायले तोकेको मापदण्ड अनुसार लागु गर्न र गराउन साथै घरधनीहरुलाई पछिल्लो समय आर्थिक संकटको मारमा परेका हुँदा व्यवसायीहरुको पीडा बुझी घरभाडामा छुट गर्न समेत आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार