साताको सेयर बजार : ३१ अंकले नेप्से घट्दा ३ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । यो साता पनि सेयर बजार उत्साहजनक रहेन । वैशाख २४ गते (आइतबार) १८ सय ६९.७३ अंकको बिन्दुबाट शुरु भएको नेप्से परिसूचक वैशाख २८ गते (बिहीबार) सम्ममा ३१.१४ अंकले घट्दै १८ सय ३८.५९ अंकको बिन्दुमा झर्न पुगेको छ । साताको एक कारोबार दिन (मंगलबार) बाहेक अन्य चार दिन नेप्से सूचक ऋणात्मक हुन पुग्यो । आइतबार १९.१२ अंकले नेप्से घट्दा सोमबार पुनः १६.९२ अंकले सूचक घटेको थियो ।

मंगलबार भने १०.७७ अंकले नेप्से बढेको थियो । बाँकी दुई कारोबार दिन बुधबार र बिहीबार क्रमशः २.४३ अंक र ३.३३ अंकले सूचक घट्दै १८ सय ३८.५९ अंकको बिन्दुमा नेप्से ओर्लिएको हो । उसो त ३१ अंकमाथिले नेप्से सूचक घट्दै गर्दा यता कारोबार समेत सन्तोषजनक बन्न सकेन । साताको पाँचै दिन खुलेको बजारमा जम्मा ३ अर्ब २३ करोड ९३ लाख २१ हजार ४६६ रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

Dengue

अघिल्लो साता २० अंकले नेप्से घट्दै गर्दा २ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार