अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष माथी बोतल प्रहार

अछाम। अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्षको टाउकोमाथी बोतल प्रहार भएको छ। चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि नेविसंघका जिल्ला सभापति खेम खड्कासहितका दुई जनाले आक्रमण गरेका हुन्।

गाउँपालिकाका अध्यक्ष साउँदले आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले गाउँपालिकाका अध्यक्ष साउँदले गाडिमा रहेका बेला रोकेर, बोतलले हानेको भन्दै उजुरी दिएको बताए। काँग्रेसबाट विजयी गाउँपालिकाका अध्यक्ष साउँदलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्काले आक्रमण गरेको आरोप छ। उनीहरु बिचमा पुरानो रिसिबीका कारण झगडा भएको प्रहरीले बताएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार