मन्जुश्री फाइनान्सद्धारा डिजिटल सचेतना कार्यक्रम आयोजना (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । मन्जुश्री फाइनान्स लिमिटेडद्धारा डिजिटल सचेतना कार्यक्रम आयोजना गरिएको छ । फाइनान्सको धनगढी शाखाले शुक्रबार ‘बुद्ध जयन्ती’को अवसर पारी सचेतना कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्व बहन गर्दै फाइनान्सले डिजिटल सचेतना कार्यक्रम गरेको फाइनान्सको धनगढी शाखाका शाखा प्रबन्धक हेमराज बिनाडीले बताएका छन् । डिजिटल बैंकिङप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सचेतना कार्यक्रम गरेको बिनाडीको भनाई छ ।

Seti Hospital

‘अहिले धेरैजसो नागरिक डिजिटल बैंकिङतर्फ आकर्षित हुँदै गएका छन् । तर पनि ठूलो संख्या डिजिटल बैंकिङबारे जानकार छैनन्’, उनले भने, ‘यही कुरालाई ध्यानमा राख्दै ‘बुद्ध जयन्ती’को अवसर पारेर सेचतना कार्यक्रम आयोजना गरेका हौँ ।’ कार्यक्रममा फाइनान्सका कर्मचारीहरुले व्यवसायी एवम् सर्वसाधारणलाई डिजिटल सचेतनाका बारेमा जानकारी गराएका थिए । उनीहरुले धनगढीको चौराहदेखि भन्सारसम्म विभिन्न प्लेकार्डसहित सचेतना कार्यक्रम गरेका थिए ।

कुल चुक्ता पूँजी १ अर्ब ३५ करोड रहेको मन्जुश्री फाइनान्स लिमिटेड कम्पनीको देशभर २७ वटा शाखा रहेका छन् । शुक्रबार फाइनान्सका देशभर रहेका शाखाहरुले डिजिटल सचेतना कार्यक्रम आयोजना गरेको धनगढी शाखाका शाखा प्रबन्धक हेमराज बिनाडीले जानकारी दिएका छन् । हाल उक्त फाइनान्सले मुद्धती निक्षेपमा १२.२५ प्रतिशत र बचत खातामा ९.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएको छ । (फोटो फिचर)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार