धनगढीमा मन्दीको प्रभावः बजारमा ग्राहकको चहलपहल घट्यो, व्यापारीलाई बोहोनी कटाउनै मुस्किल

भक्तराज जोशी

धनगढी । अहिले देशभर आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ । बजारमा व्यापार व्यवसाय घटेसँगै व्यवासायीहरुमा नैरास्यता छाएको छ । अझ सुदूरपश्चिमको प्रमुख व्यापारिक शहरको रुपमा रहेको धनगढीमा झनै पछिल्लो समय बजार सुनसान झैँ बनेको छ । व्यापार नहुँदा धनगढीका व्यापारीहरुको दैनिकी दिनभर पसल कुरेरै बित्छ ।

अहिले व्यापारका नाममा बोहोनिसमेत नहुने बिबि मार्ट धनगढीका सञ्चालक केशव अवस्थिको भनाई छ । ‘हुनत हामिलाई धेरैले सप्लायर्सका रुपमा चिन्छन् तर खासमा अहिले हाम्रो अवस्था पनि अन्य व्यापारीको भन्दा कम छैन’, उनले भने, ‘नयाँ सामान थपौंँ, लगानी अभाव छ । चर्को ब्याजमा ऋण लिने कुरा भएन । सामान थपौँ भने पनि भएकै सामान कटाउन मुस्किल छ ।’

Dengue

‘विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीका कारण व्यापार व्यवसाय साह्रै न्यून मात्रामा भएको छ’, उनी भन्छन्, ‘समग्र आर्थिक गतिविधि नै मन्द गतिमा चलेको छ ।’

धनगढीमै पनि कतिपय व्यापारी व्यवसायबाटै पलायन भएको र अझै कयौँ व्यापारी विस्थापित हुने अवस्थामा रहेको उनको दाबी छ । ‘मन्दीका कारण व्यापार घटेको मात्र छैन, व्यवसायीहरु नै व्यवसायबाट पलायन भएका छन् । अझै धनगढीका धेरै व्यापारीहरु व्यवसायबाट विस्थापित हुने लाइनमा छन् ।’

उनले थपे, ‘अहिले बैंकको ब्याज साह्रै चर्को छ । मन्दीका कारण व्यवसाय घट्दा व्यापारीहरुलाई बैंकबाट लिएको ऋणको किस्ता र ब्याज तिर्नै मुस्किल परेको छ । त्यसैमाथि अहिले बैंकहरुको लगानी शून्यजस्तै छ । लगानी भए पनि व्यापार नभएका बेला यो चर्को ब्याजदरमा ऋण लिने कुरा भएन अनि लिए पनि तिर्न सकिने अवस्था नै छैन । जसरी पनि मर्कामा व्यापारी नै परेका छन् ।

यस्तै धनगढीको चौराहमा सुदेश फेन्सी स्टोर सञ्चाल गर्दै आएकी कञ्चन गुरागाईले पनि मन्दीका कारण बजारमा व्यापार अस्वभाविक घटेको बताएकी छिन् । आर्थिक मन्दीका कारण बजारमा पैसा नहुँदा व्यापार पनि पहिलो तुलनामा अस्वभाविक घटेको उनको तर्क छ ।

‘पहिला व्यापार राम्रै थियो, दिनम २५–३० हजारसम्मको पनि कारोबार हुन्थ्यो तर अहिले दिनभरी पसलमा बस्दा ५ हजारको पनि व्यापार हुँदैन । कहिलेकाहिँ त बोहोनीसमेत हुँदैन’, उनले भनिन्, ‘अहिले साह्रै गाह्रो छ, घरबेटीलाई पनि भाडा दिनै पर्यो, बैंकको ऋण पनि तिर्नु नै पर्यो । यति गर्दा पनि व्यापार भने हुँदैन ।’

आर्थिक मन्दीकै कारण बजारमा तरलता अभाव हुँदा ग्राहकको फ्लो घटेको उनले बताइन् । ‘बजारमा मान्छेसँग पैसा भएपो पसलमा आउँछन् तर बजारमा मान्छेसँग नै पैसा छैन कसरी व्यापार हुन्छ ?’, प्रश्न गर्दै उनले भनिन्, ‘झनै बैंकको ब्याजले त ढाड नै सेकेको छ । ब्याजदर चर्को छ, व्यापार छैन, किस्ता तिर्नै पनि मुस्किल भएको छ ।’

यस्तै उनले यही स्थिति रहने हो भने व्यापार व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनले बताएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार