श्रमिकलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुपर्छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरूलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताएका छन्।

सोमबार १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी सम्बद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। सबै श्रमिकलाई सरकारले स्वास्थ्य बिमाको दायरामा ल्याउनुपर्ने उल्लेख गर्दै उनले श्रमिकलाई परिचयपत्रको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

Galaxy

‘आजको हाम्रो श्रम क्षेत्र के मर्यादित छ ? के सुरक्षित छ ? के आजको जीवन धान्न सक्ने अवस्था छ ? यसतर्फ पनि यस्तो वेला समीक्षा हुनुपर्छ। मलाई लाग्छ, अहिले पनि श्रमिकको जीवन पूर्ण रूपले मर्यादित हुन सकेको छैन। सुरक्षित त छैन नै। राज्यको निर्माणमा सबभन्दा ठूलो योगदान पुर्‍याउने श्रमिक क्षेत्र राज्यको क्षेत्रबाट सबभन्दा धेरै उपेक्षित छ,’ उनले भने।

अध्यक्ष लिङदेनले देशबाहिरबाट श्रम इजाजतविना नेपाल आएर काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। देशका श्रमिकलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने उनको भनाइ थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार