धनगढीः धनगढीमा जिपको ठक्करबाट एक जना घाइते भएका छन्।
सोमबार मोहनापुल–अत्तरिया ६ लेन सडकस्थित भाटभटेनी नजिकै जिपले साइकललाई ठक्कर दिँदा साइकलमा सवार चुडामणी न्यौपाने घाइते भएका छन्।
से १ च ६८५ नम्बरको जिपले ठक्कर दिदा साइकलमा सवार ४२ वर्षीय न्यौपाने घाइते भएका र अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ। ठक्कर दिने जिप चालक धनगढीका २४ वर्षीय रामबहादुर रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्