तौल बढाउने ५ हर्मोन, नियन्त्रण गर्ने तरिका

एजेन्सी । तौल बढ्नुको कारण धेरै खानु र तनाव मात्र होइन, कतिपय अवस्थामा असन्तुलित हर्मोनका कारण पनि तौल बढ्ने समस्या आउन सक्छ । केही हर्मोन यस्ता छन् जसले तौल बढाउने काम गर्छन् । आउनुहोस् जानौं ती हर्मोनका बारेमा र तिनलाई नियन्त्रण गर्ने केही टिप्सहरु:

कोर्टिसोल: कोर्टिसोल हर्मोन तौल बढ्ने कारण बन्न सक्छन् । तनाव लिँदा यो हर्मोनको स्तर बढ्छ, जसले गर्दा पटक पटक भोक लाग्छ र तौल बढ्न थाल्छ ।

Dengue

थाइराइड हर्मोन: थाइराइड हर्मोनले मेटाबोलिज्मको प्रक्रियालाई बनाइराख्ने गर्छन् । त्यसैले यो हर्मोन प्रभावित हुँदा हाइपोथाइराइडिज्म हुन्छ र मेटाबोलिज्ममा पनि असर पर्छ जसले गर्दा तौल बढ्न थाल्छ ।

एस्ट्रोजन: एस्ट्रोजन एउटा सेक्स हर्मोन हो । महिलाहरुको प्रजनन प्रणालीलाई कायम राख्ने काम गर्छ । कुनै बेला गर्भावस्था वा मेनोपजका बेला यो हर्मोन बढ्न सक्छ जसले गर्दा मोटोपनको समस्या आउँछ ।

लेप्टिन: लेप्टिन नामक हर्मोनले भोकलाई नियन्त्रण गर्ने गर्दछ । शरीरमा यसको मात्रामा आउने गडबडीले धेरै खाने समस्या हुन्छ जसले गर्दा मोटोपन आउँछ ।

कसरी गर्ने नियन्त्रण: मोटोपनबाट बच्नका लागि पहिलो कुरा तपाईंको शरीरमा यी सबै हर्मोनहरु सन्तुलित हुनुपर्दछ । यसका लागि धेरै खाइरहनबाट पनि बच्नुपर्छ । सीमित मात्रामा पौष्टिक आहार लिनुपर्छ । यसका लागि कमसेकम ६ देखि ८ घण्टाको निद्रा लिनुहोस् । साथै तनाव लिनबाट पनि बच्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार