भारत अहिले विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भएको छ । संयुक्त राष्ट्र जनसंख्या कोषको अनुसार, भारतको जनसंख्या १४२.८६ करोड पुगेको छ भने चीनको १४२.५७ करोड जनसंख्या छ। अर्थात् अहिले चीनको तुलनामा भारतमा २९ लाख बढी मानिस छन् ।
संयुक्त राष्ट्र संघको प्रक्षेपण अनुसार भारत आगामी ३ सय वर्षसम्म विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश रहनेछ । सन् २०२२ देखि चीनको जनसङ्ख्या घट्न थालेको छ भने भारतको जनसङ्ख्या सन् २०६० सम्म बढ्ने छ ।
भारत विश्वको दोस्रो ठूलो खाद्यान्न उत्पादन गर्ने देश हो तर भोक सूचकांकमा भारत १०७ औं स्थानमा छ। भारतको जनसङ्ख्यामा यस्ता धेरै विरोधाभासहरू छन् ।
प्रतिक्रिया दिनुहोस्