कञ्चनपुर । पोखरीमा डुबेर कञ्चनपुरमा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ का हरिश टेरकी १४ वर्षीया छोरी बविता टेरको कञ्चनपुरमा रहेको पोखरीमा डुबेर मृत्यु भएको हो ।
मणिलेक मावि गुरुखोलामा कक्षा ९ मा अध्ययनरत बविता परीक्षा दिएर विदामा कञ्चनपुर आएकी थिइन् । जिल्लाको अमर बस्ती आएकी उनी पोखरीमा नुहाउने क्रममा डुबेर गम्भीर घाइते भएकी थिइन् ।
उनको धनगढीको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार भैरहेको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्